उपत्यका मेयर्स फोरमले पुनर्निर्माणका लागि ६ करोड सहयोग गर्ने

काठमाडौँ – जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सार्वजनिक संरचनाहरूको पुनर्निर्माण र सुरक्षात्मक पूर्वाधार सुदृढीकरणका लागि उपत्यका मेयर्स फोरमले तत्काल ६ करोड बराबरको आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ। सो निर्णय फोरमको १२औँ बैठकबाट पारित भएको हो।

कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले सिंहदरबार परिसरमा आन्दोलनका कारण भएको आगलागीबाट क्षतिग्रस्त ऐतिहासिक भवन पुनर्निर्माणका लागि ५ करोड र उपत्यका प्रहरी कार्यालयमार्फत सुरक्षाका लागि सीसीटिभी प्रणाली व्यवस्थापनमा १ करोड सहयोग गर्ने जानकारी दिनुभयो ।

साथै, आन्दोलनका क्रममा तोडफोड तथा आगजनीबाट प्रभावित उपत्यकाका अन्य स्थानीय तहलाई समेत क्षतिको मूल्याङ्कनका आधारमा आवश्यक सहयोग प्रदान गरिने निर्णय फोरमले गरेको छ। यस सहयोगले प्रभावित नगरपालिकाहरूलाई सेवा प्रवाहमा सहजता पुर्‍याउने अपेक्षा गरिएको छ।

उपत्यका मेयर्स फोरम काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाभित्रका सबै नगरपालिकाका प्रमुखहरूको समन्वयात्मक निकाय हो, जसले आपतकालीन अवस्था तथा साझा समस्याहरूमा एकीकृत रूपमा पहल गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

एमाले बागमती कमिटिद्वारा दोलखाका ५ उम्मेदवार सिफारिस, कालीन्चोकबाट दुई नेता अग्रपंक्तिमा

दोलखा – आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेकपा (एमाले) बागमती प्रदेश कमिटीले दोलखाका...

थप पढ्नुहोस्
हिलेपानी संस्कृत विद्यालयले जित्यो कालिञ्चोक स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी
कालिञ्चोक गाउँ सभाको १६औँ अधिवेशन सुरु
‘शिवाकोटी वंशावली दर्पण’ नामावली संकलन कार्यको औपचारिक उद्घाटन
राष्ट्रपति रनिङ शिल्डमा कालिनाग मावि सुनखानी र लापिलाङबीच कडा प्रतिस्पर्धा, हालसम्म कस्ले कति पदक जिते ?
जनगुनासो सम्बोधन गर्दै पछाडि परेका क्षेत्रकाे बिकासमा केन्द्रित छौँ : उपाध्यक्ष बुढाथोकी