भिरामुनी सेतिदेवी मन्दिरमा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान–महायज्ञ आयोजना हुँदै
दोलखा/कालिन्चोक — सनातन हिन्दू धर्म, संस्कृति तथा आध्यात्मिक चेतनाको संरक्षण र समाजमा धर्म, सद्भाव तथा...
थप पढ्नुहोस्
लापिलाङ, २६ पौष – कालिञ्चोक गाउँपालिका स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ अन्तर्गत हालसम्म सम्पन्न खेलकुद प्रतियोगितामा विद्यालयहरूबीच उत्साहजनक प्रतिस्पर्धा देखिएको छ। प्रतियोगिताको हालसम्मको पदक तालिकाअनुसार कालिनाग मावि सुनखानी अग्र स्थानमा छ ।
पदक तालिकाअनुसार कालिनाग माबिले ४ स्वर्ण, ३ रजत १ कस्य जित्दै अग्रता लिएको छ। लापिलाङ माध्यामिक विद्यालय कालिञ्चोक–५ ले पनि उल्लेखनीय पदक हासिल गर्दै प्रतिस्पर्धालाई रोचक बनाएको छ ।
विभिन्न विधाका खेलहरूमा विद्यार्थी खेलाडीहरूको सक्रिय सहभागिता, अनुशासन र खेलभावनाले प्रतियोगितालाई थप आकर्षक बनाएको आयोजकले जनाएको छ।
प्रतियोगिता अन्तर्गत बाँकी खेलहरू अझै सञ्चालनमा रहेकाले पदक तालिकामा परिवर्तन हुने सम्भावना रहेको छ। समापन समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय र खेलाडीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

दोलखा/कालिन्चोक — सनातन हिन्दू धर्म, संस्कृति तथा आध्यात्मिक चेतनाको संरक्षण र समाजमा धर्म, सद्भाव तथा...
थप पढ्नुहोस्

