भिरामुनी सेतिदेवी मन्दिरमा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान–महायज्ञ आयोजना हुँदै
दोलखा/कालिन्चोक — सनातन हिन्दू धर्म, संस्कृति तथा आध्यात्मिक चेतनाको संरक्षण र समाजमा धर्म, सद्भाव तथा...
थप पढ्नुहोस्
दोलखा, सुनखानी – शिवाकोटी समाज नेपालको आयोजनामा “शिवाकोटी वंशावली दर्पण” प्रकाशन समितिद्वारा दोलखा जिल्लाको सुनखानीस्थित कालिनाग मन्दिर परिसरमा वंशावली नामावली संकलन कार्यको औपचारिक उद्घाटन गरिएको छ।
उद्घाटन समारोहमा शिवाकोटी समाज नेपालका अध्यक्ष जय शिवाकोटी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रममा समाजका उपाध्यक्ष अशोक शिवाकोटी, जिल्ला अध्यक्ष रामबहादुर शिवाकोटी लगायतका वक्ताहरूले वंशावली संरक्षणको आवश्यकता, यसको ऐतिहासिक महत्व तथा भावी पुस्ताका लागि यसको दीर्घकालीन योगदानबारे आफ्नो धारणा राख्नुभएको थियो।

कार्यक्रममा भीष्म शिवाकोटी, खगेन्द्र शिवाकोटी, नीलमप्रकाश शिवाकोटी, खड्ग शिवाकोटी, बद्रीप्रसाद शिवाकोटी तथा “शिवाकोटी वंशावली दर्पण” प्रकाशन समितिका सल्लाहकारहरू लगायत शिवाकोटी समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वक्ताहरूले वंश, इतिहास र पहिचान संरक्षणका लागि व्यवस्थित वंशावली निर्माण अपरिहार्य रहेको उल्लेख गर्दै देश तथा विदेशमा छरिएर रहेका सम्पूर्ण शिवाकोटी बन्धुहरूलाई नामावली संकलन कार्यमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो।

शिवाकोटी वंशको ऐतिहासिक दस्तावेज तयार गर्ने लक्ष्यसहित सुरु गरिएको यो अभियानले समुदायबीच आपसी एकता मजबुत बनाउनुका साथै भावी पुस्तालाई आफ्ना जरा र पहिचानबारे जानकारी गराउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
दोलखा/कालिन्चोक — सनातन हिन्दू धर्म, संस्कृति तथा आध्यात्मिक चेतनाको संरक्षण र समाजमा धर्म, सद्भाव तथा...
थप पढ्नुहोस्

