भिरामुनी सेतिदेवी मन्दिरमा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान–महायज्ञ आयोजना हुँदै
दोलखा/कालिन्चोक — सनातन हिन्दू धर्म, संस्कृति तथा आध्यात्मिक चेतनाको संरक्षण र समाजमा धर्म, सद्भाव तथा...
थप पढ्नुहोस्
दोलखा,सुनखानी । कालिञ्चोक गाउँपालिकाको गाउँ सभाको १६औँ अधिवेशन अन्तर्गत प्रथम बैठक सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनको सभापतित्व गाउँपालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले गर्नुभएको थियो।

बैठकमा गाउँपालिका उपाध्यक्ष कुलबहादुर बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत तथा गाउँ सभा सदस्य–सचिव सञ्जय शिवाकोटी, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा गाउँ सभा सदस्यहरूको उपस्थिति रहेको थियो ।

सो अबसरमा गाउँपालिका अध्यक्ष शिवाकोटीले सहकार्य, पारदर्शिता र जवाफदेहितामार्फत स्थानीय सरकारलाई जनमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्दै सबै जनप्रतिनिधि र कर्मचारीलाई जिम्मेवारीपूर्वक कार्य गर्न आग्रह गर्नुभयो।

सभामा आर्थिक वर्ष २०८२/८३ का नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनको अवस्था, चालु आर्थिक वर्षका योजना–कार्यक्रमको प्रगति समीक्षा, आगामी दिनमा सञ्चालन गरिने विकास निर्माण, सेवा प्रवाह सुधार, सुशासन प्रवर्द्धन तथा संस्थागत सुदृढीकरणका विषयमा विस्तृत छलफल गरिएको थियो।

अधिवेशनमा विभिन्न विषयगत समितिहरूले पेश गरेका प्रतिवेदनहरू माथि छलफल सुरु गरिएको छ।

दोलखा/कालिन्चोक — सनातन हिन्दू धर्म, संस्कृति तथा आध्यात्मिक चेतनाको संरक्षण र समाजमा धर्म, सद्भाव तथा...
थप पढ्नुहोस्

