हिलेपानी संस्कृत विद्यालयले जित्यो कालिञ्चोक स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी

कालिन्चोक, २८ पौष : कालिन्चोक गाउँपालिकाको आयोजना र लापिलाङ्ग माध्यमिक विद्यालयको व्यवस्थापनमा ७ औँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागीता जनाएका थिए।

प्रतियोगितामा हिलेपानी संस्कृत माध्यमिक विद्यालय १२ पदकसहित प्रथम हुन सफल भयो । जाल्पास्वरी माध्यमिक विद्यालय ९ पदक सहित द्वितीय हुन सफल भयो ।

साथै लापिलाङ माध्यमिक विद्यालय तृतीय हुन सफल भयो भने कालिनाग माबी सुनखानी सान्त्वना हुन सफल भयो ।

प्रतिक्रिया दिनुहोस