एमाले बागमती कमिटिद्वारा दोलखाका ५ उम्मेदवार सिफारिस, कालीन्चोकबाट दुई नेता अग्रपंक्तिमा

दोलखा – आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेकपा (एमाले) बागमती प्रदेश कमिटीले दोलखाका पाँच जना नेताको नाम सिफारिस गरेको छ। सिफारिस गरिएका उम्मेदवारमध्ये कालीन्चोक गाउँपालिकाबाट दुई जना नेताको नाम अग्रस्थानमा रहेको छ, जसले कालीन्चोक क्षेत्रको राजनीतिक सक्रियता र प्रभावलाई उजागर गरेको छ।

कालीन्चोक गाउँपालिकाबाट डबल पाण्डे र बालकृष्ण सिवाकोटीको नाम सिफारिस भएसँगै स्थानीय स्तरमा उत्साहको माहोल देखिएको छ। दुबै नेता पार्टी संगठन मजबुत बनाउन निरन्तर सक्रिय रहँदै आएका अनुभवी तथा जनप्रिय व्यक्तित्व मानिन्छन्।

बागमती प्रदेश कमिटीले सिफारिस गरेका उम्मेदवारहरूको सूची यसप्रकार रहेको छः
१) डबल पाण्डे
२) पार्वत गुरुङ
३) बालकृष्ण शिवाकोटी
४) रचना खड्का
५) श्याम बस्नेत

प्रदेश कमिटीका अनुसार संगठनात्मक क्षमता, जनसमर्थन, राजनीतिक योगदान र क्षेत्रीय सन्तुलनलाई ध्यानमा राखी नाम सिफारिस गरिएको हो। अन्तिम उम्मेदवार चयन भने पार्टीको केन्द्रीय निर्णयबाट तय हुने जनाइएको छ।

कालीन्चोकबाट दुई जनाको नाम सिफारिस हुनुलाई स्थानीय नेता तथा कार्यकर्ताले सकारात्मक रूपमा लिँदै आगामी निर्वाचनमा एमालेको संगठनात्मक शक्ति अझ बलियो हुने अपेक्षा व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस