निर्वाचन आयोगबाट प्रमाणपत्र पाएपछि स्मृति सेन्चुरी: काँधमा ठूलो जिम्मेवारी आएको छ
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद निर्वाचित स्मृति सेन्चुरी ले निर्वाचन आयोगबाट प्रमाणपत्र...
थप पढ्नुहोस्
सुनखानी, ४ फागुन : एमाले नेता बालकृष्ण शिवाकोटीले दोलखाको समृद्धि, विकास र राजनीतिक स्थायित्वका लागि प्रतिनिधि सभा सदस्य उम्मेदवार पार्वत गुरुङको जित आवश्यक रहेको बताउनुभएको छ।

सोमबार कालिञ्चोक गाउँपालिकाको लापिलाङमा नेकपा एमालेले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले दोलखाबाट पार्वत गुरुङलाई विजयी गराउन सके सम्पूर्ण दोलखालीले जितेको अनुभूति गर्ने बताउनुभयो।

शिवाकोटीले वर्तमान राजनीतिक परिस्थितिमा मुलुकलाई स्थायित्व र स्पष्ट दिशा दिन सक्षम शक्ति नेकपा एमाले मात्र भएको उल्लेख गर्दै एमालेको जित देशकै आवश्यकता भएको बताउनुभयो।

उहाँका अनुसार दोलखाबाट बलियो जनमतसहित पार्वत गुरुङलाई संघीय संसदमा पठाउन सके विकास निर्माणले थप गति लिने विश्वास व्यक्त गर्नुभयो।

उहाँले पार्वत गुरुङलाई जिताउन आफूले कुनै पनि कुरामा कमी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, कालिञ्चोक गाउँपालिकाबाट जिल्लाकै पालिकामध्ये पहिलो मत दिएर विजयी गराउन नेता–कार्यकर्तालाई सक्रिय रूपमा लाग्न आह्वान गर्नुभयो।

कार्यक्रममा सहभागी नेताहरूले समेत आगामी निर्वाचनमा एकताबद्ध भएर एमाले उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद निर्वाचित स्मृति सेन्चुरी ले निर्वाचन आयोगबाट प्रमाणपत्र...
थप पढ्नुहोस्

