दोलखाकी स्मृति सेन्चुरी बनिन् रास्वपाबाट समानुपातिक सांसद

दोलखा — प्रतिनिधिसभाको समानुपातिकतर्फ दोलखाकी स्मृति सेन्चुरी रास्वपाबाट समानुपातिक सांसद भएकी छन्। निर्वाचन आयोगले सोमबार सार्वजनिक गरेको समानुपातिक नतिजा अनुसार उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्य बनेकी हुन् ।

दोलखाको कालिन्चोक गाउँपालिका स्थायी घर भएकी सेन्चुरी दलित क्लस्टरबाट निर्वाचित भएकी हुन्। जेनजी उमेर समूहकी २८ वर्षीया सेन्चुरीलाई रास्वपाले दलित महिलातर्फ चौथो नम्बरमा सिफारिस गरेको थियो।

सेन्चुरी समानुपातिकतर्फ निर्वाचित भएसँगै प्रतिनिधिसभामा दोलखाबाट दुई जना सांसदले प्रतिनिधित्व गर्ने भएका छन्। यसअघि प्रत्यक्षतर्फ पनि रास्वपाकै जगदीश खरेल विजयी भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस