दोलखामा रास्वपाको शानदार जीत, जगदीश खरेल ३२ हजार मतसहित विजयी

दोलखा: प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत दोलखा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जगदीश खरेल ३२ हजार २० मत प्राप्त गर्दै विजयी भएका छन्।

खरेलले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी पार्वत गुरुङलाई ठूलो मतान्तरले पराजित गरेका हुन्। गुरुङले १७ हजार २ सय ५३ मत प्राप्त गरिन्।

त्यस्तै, नेकपा माओवादी केन्द्रका विशाल खड्काले १२ हजार ९ सय ३१ मत ल्याउँदा नेपाली कांग्रेसका अजयबाबु शिवाकोटीले १२ हजार ३ सय २५ मत प्राप्त गरेका छन्।

यस परिणामसँगै दोलखामा रास्वपाले उल्लेखनीय सफलता हासिल गरेको छ। जगदीश खरेलले करिब १५ हजार मतान्तरले जित हासिल गर्दै नयाँ राजनीतिक शक्तिप्रति मतदाताको झुकाव स्पष्ट देखिएको छ।

प्रतिक्रिया दिनुहोस