निर्वाचन आयोगबाट प्रमाणपत्र पाएपछि स्मृति सेन्चुरी: काँधमा ठूलो जिम्मेवारी आएको छ
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद निर्वाचित स्मृति सेन्चुरी ले निर्वाचन आयोगबाट प्रमाणपत्र...
थप पढ्नुहोस्
ललितपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जगदिश खरेल विजयी हुनु भएको छ । खरेलले ३९ हजार ४९१ मत पाउनु भएको छ ।
उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेम कृष्ण महर्जनले ७ हजार ४२० मत प्राप्त गर्नुभयो । खरेल ३२ हजार ७१ मतले विजयी हुनुभएको हो ।
जगदिश खरेल दोलखा जिल्लाको सुनखानीमा जन्मनुभएको हो। उहाँ लामो समयसम्म पेशाले पत्रकार रहनुभएको थियो।
पछिल्लो समय राजनीतिमा सक्रिय हुँदै उहाँ सरकारको सञ्चार मन्त्रीसमेत बन्नुभएको थियो। तर निर्वाचन लड्नका लागि मन्त्री पदबाट राजीनामा दिएर मैदानमा उत्रनुभएको थियो।
यस निर्वाचनमा प्राप्त भएको फराकिलो मतान्तरले ललितपुर–२ मा रास्वपाको प्रभाव बलियो रहेको संकेत गरेको छ। साथै पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका खरेलले पहिलोपटक संसदीय चुनावमै उल्लेखनीय सफलता हासिल गर्नुभएको छ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद निर्वाचित स्मृति सेन्चुरी ले निर्वाचन आयोगबाट प्रमाणपत्र...
थप पढ्नुहोस्

