कर्मचारीका लागि विद्युतीय हाजिरी अनिवार्य, १५–१५ दिनमा विवरण प्रिन्ट गर्नुपर्ने
काठमाडौं । सरकारले देशभरका सरकारी कर्मचारीका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा लागू गर्ने निर्णय...
थप पढ्नुहोस्
काठमाडौं । सरकारले देशभरका सरकारी कर्मचारीका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा लागू गर्ने निर्णय गरेको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, विभाग, कार्यालय, निकाय तथा स्थानीय तहलाई पत्राचार गर्दै कर्मचारीहरूको उपस्थितिलाई व्यवस्थित र पारदर्शी बनाउन विद्युतीय हाजिरी प्रणाली कार्यान्वयन गर्न निर्देशन दिएको हो।
मन्त्रालयका अनुसार, कार्यालयमा कार्यरत प्रत्येक कर्मचारीको दैनिक उपस्थिति—आएको र गएको समय—अब अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत अभिलेख गर्नुपर्नेछ।
यदि कुनै कार्यालयमा उक्त प्रणाली पूर्ण रूपमा कार्यान्वयन भइसकेको छैन भने पनि तत्काल वैकल्पिक व्यवस्था मिलाएर विद्युतीय माध्यमबाटै हाजिरी व्यवस्थापन गर्न भनिएको छ।
साथै, प्रत्येक १५ दिनमा हाजिरी विवरण प्रिन्ट गरी आधिकारिक रूपमा प्रमाणित गरेर सुरक्षित रूपमा कार्यालयमै राख्नुपर्ने व्यवस्था पनि गरिएको मन्त्रालयले जनाएको छ।
यस निर्णयले सरकारी कार्यालयमा अनुशासन, पारदर्शिता र कार्यक्षमता बढ्ने विश्वास गरिएको छ।

काठमाडौं । सरकारले देशभरका सरकारी कर्मचारीका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा लागू गर्ने निर्णय...
थप पढ्नुहोस्


