कालिञ्चोक गाउँपालिकाद्धारा ६५ करोड ७६ लाख बरारबरको बजेट सार्वजनीक

सुनखानी: कालिञ्चोक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६५ करोड ७६ लाख ८८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँ सभाको १५ औँ अधिवेशनमा उपाध्यक्ष कुल बहादुर बुढाथोकीले बजेट सार्वजनीक गर्नु भएको हो ।

उपाध्यक्ष बुढाथोकीका अनुसार संघीय सरकारबाट ४२ करोड ११ लाख, प्रदेश सरकारबाट ८ करोड ३९ लाख ८८ हजार, वित्तीय समानीकरण अनुदानबाट १२ करोड ५५ लाख, सशर्त चालु अनुदानबाट २७ करोड ५३ लाख, सशर्त पुँजीगत अनुदानबाट ३१ लाख, समपूरक अनुदानबाट १ करोड ४० लाख तथा विशेष अनुदानबाट ६८ लाख बजेट प्राप्त हुने अनुमान गरिएको छ।

त्यसैगरी, बागमती प्रदेश सरकारअन्तर्गत वित्तीय समानीकरण अनुदान १ करोड ३० लाख, सशर्त चालु अनुदान २ करोड ७५ लाख, सशर्त पुँजीगत अनुदान ६५ लाख, समपूरक अनुदान ३ करोड ४२ लाख तथा विशेष अनुदान ७५ लाख रुपैयाँ विनियोजन गरिएको जनाइएको छ।

राजस्व स्रोततर्फ संघीय सरकारबाट ९ करोड, प्रदेश सरकारबाट ३ करोड ४० लाख, स्थानीय राजस्व बाँडफाँडबाट ४८ लाख, आन्तरिक राजस्वबाट ३८ लाख र अन्य स्रोतबाट २ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस