कालिञ्चोकमा वैशाख ९ देखि सामाजिक सुरक्षा भत्ता वितरण हुने
सुनखानी, दोलखा : कालिञ्चोक गाउँपालिका मा तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण हुने भएको छ।...
थप पढ्नुहोस्
दोलखा, साउन १९ – धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने कालिन्चोक भगवती मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न माग गरिएको छ। कालिन्चोक मन्दिर केवल धार्मिक स्थल नभई परम्परागत नेपाली वास्तुकला, सांस्कृतिक विविधता र हिमाली पर्यावरणको अद्वितीय संगम भएको क्षेत्र हो।
मन्दिर धार्मिक आस्थाको केन्द्र मात्रै नभई पर्यटकीय सम्भावनाले भरिएकाले विश्व सम्पदा सूचीमा सूचीकृत भएमा यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनिने अवसर पाउँनेछ । समुद्र सतहबाट ३,८४२ मिटरको उचाइमा अवस्थित कालिन्चोक मन्दिर हरियो वन, हिमाल, र चराचुरुङ्गीहरूको आवास क्षेत्रबीच रहेको छ।
संरक्षणकर्मीहरूका अनुसार यथोचित संरक्षण र प्रवर्द्धनको अभावमा मन्दिर परिसर तथा आसपासको वातावरणमा जोखिम बढ्दो अवस्थामा छ। विश्व सम्पदा सूचीमा सूचीकृत गरिएमा संरचना संरक्षण, व्यवस्थापन र दीर्घकालीन पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास लिइएको छ।
संस्कृति तथा पर्यटन मन्त्रालय तथा युनेस्कोको नेपाल प्रतिनिधिसँग प्रारम्भिक छलफल भइरहेको जनाइएको छ। अब आवश्यक कागजात, प्रमाण र विस्तृत प्रतिवेदन तयार गरी प्रस्ताव पठाउने तयारीमा स्थानीय सरकार जुटेको बताइएको छ।
त्यस्तै, कालिन्चोक गाउँपालिकाको गाउँसभाको १५ औं अधिवेशनले कालिन्चोक मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृतको लागि पहल गर्ने नीति तथा कार्यक्रम समेत पारित गरिसकेको छ ।
सुनखानी, दोलखा : कालिञ्चोक गाउँपालिका मा तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण हुने भएको छ।...
थप पढ्नुहोस्


