कालिन्चोक गाउँपालिकामा चौथो त्रैमासिक सामाजिक सुरक्षा भक्ता वितरण हुँदै, कुन वडामा कहिले ?

सुनखानी (दोलखा), साउन १९ : कालिन्चोक गाउँपालिकामा चौथो त्रैमासिक सामाजिक सुरक्षा भक्ता यही बुधबारदेखि वितरण हुने भएको छ । साउन २१ गते वडा नं. १ को दिपजंग साना किसान कृषि सहकारीको प्रागंणमामा बिहान ९ बजेदेखि ११ बजेसम्म र वडा कार्यालय भवन बेगुम्पामा १२ बजेदेखि ४ बजेसम्म वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

त्यस्तै, वडा नं. २ स्थित बाबरे सेवा केन्द्र निकोभूमीमा साउन २६ गते बिहान ९ बजेटेदेखि १ बजेसम्म, वडा कार्यालय भवन बाबरेमा दिउँसो १ बजेदेखि ४ बजेसम्म वितरण हुनेछ ।

वडा नंं ३ स्थित वडा कार्यालय भवन पोखरेमा साउन २२ गते बिहान १० बजेदेखि २ बजेसम्म, ४ वडा कार्यालय भवन हिलेपानीमा साउन २३ गते बिहान १० बजेदेखि २ बजेसम्म वितरण गर्ने कार्यतालिका छ ।

त्यस्तैगरि, वडा नंं ५ स्थित वडा कार्यालय भवन लापिलागंमा साउन २४ गते बिहान १० बजेदेखि २ बजेसम्म, वडा नंं ६ स्थित जनज्योति मावि लेप्टुगंमा साउन २५ गते बिहान ९ बजेदेखि ११ बजेसम्म र वडा कार्यालय भवन गोदुगंमा १२ बजेदेखि ४ बजेसम्म वितरण हुने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस