संघीय सरकारको निर्णय कार्यान्वयन गर्न सबै विद्यालयलाई कालिन्चोक गाउँपालिकाको आग्रह
सुनखानी, दोलखा : कालिन्चोक गाउँपालिका ले संघीय सरकार तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको...
थप पढ्नुहोस्
सुनखानी, साउन २०: बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री नियुक्त हुनु भएको छ । बानियाँले मंगलबार नै शपथ लिनु भएको छ ।
मुख्यमन्त्री बानीयाँसगै सरकार साझेदार नेकपा एमालेबाट ६ जना र नेपाली कांग्रेसबाट मुख्यमन्त्री बानीयासहित तीन मन्त्रीलाई शपथ खुवाएको छ भने ५ जना मन्त्रीको नियुक्ति भने बाँकी छ ।

त्यस्तै, दोलखा जिल्लाबाट (प्रदेश सभा ख) नेकपा एमालेका भरत बहादुर केसी पनि मन्त्री नियुक्त हुनु भएको छ । केसीले वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाउँनु भएको छ । केसी भीमेश्वर नगरपालिकाका पूर्वमेयर समेत हुनुहुन्छ ।
त्यसैगरी, एमालेबाट मधुसुदन पौडेल कृषि तथा पशुपंछी विकास मन्त्री, किरण थापा मगर स्वास्थ्य मन्त्री, जयराम थापा श्रम रोजगार तथा यातायात मन्त्री, डा. दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकास मन्त्री, विन्दु श्रेष्ठ उद्योग बाणिज्य मन्त्री नियुक्त हुनु भएको छ ।
नेपाली कांग्रेसबाट कृष्णकुमार तामाङ खानेपानी, ऊर्जा तथा सिचाइमन्त्री र शिवराज अधिकारी विनाबिभागीय मन्त्री बन्नु भएको छ ।

सुनखानी, दोलखा : कालिन्चोक गाउँपालिका ले संघीय सरकार तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको...
थप पढ्नुहोस्


