संघीय सरकारको निर्णय कार्यान्वयन गर्न सबै विद्यालयलाई कालिन्चोक गाउँपालिकाको आग्रह
सुनखानी, दोलखा : कालिन्चोक गाउँपालिका ले संघीय सरकार तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको...
थप पढ्नुहोस्
कालिन्चोक(दोलखा), साउन २३ : कालिन्चोक गाउँपालिकाले गाउँभित्रका सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरूको भत्ता नविकरणको प्रक्रिया सञ्चालनमा ल्याएको छ। गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता नविकरण कार्यक्रम साउन २६ गतेदेखि सुरु हुँदैछ। यो कार्यक्रम काठमाडौं, भक्तपुर, ललितपुर लगायतका जिल्लामा बसोबास गर्ने लाभग्राहीहरूलाई लक्षित गर्दै सञ्चालन गरिनेछ।
गाउँपालिकाले एक सूचना जारी गर्दै लाभग्राहीहरूलाई तोकिएको मिति र स्थानमा अनिवार्य उपस्थित हुन अनुरोध गरेको छ। शिवीर काँडाघारी फोर्सर्पाकमा सञ्चालन हुनेछ।
कालिन्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन कुमार प्याकुरेलद्वारा हस्ताक्षरित सूचनामा लाभग्राहीहरूको सुविधाका लागि मिति र सम्पर्क व्यक्ति तोकिएको उल्लेख गरिएको छ।
गाउँपालिकाले सबै लाभग्राहीहरूलाई समयमै नविकरण गरी आफ्नो सेवा अविच्छिन्न रूपमा प्राप्त गर्नका लागि आग्रह गरेको छ।
कुन वडाको कहिले ?

सुनखानी, दोलखा : कालिन्चोक गाउँपालिका ले संघीय सरकार तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको...
थप पढ्नुहोस्


