संघीय सरकारको निर्णय कार्यान्वयन गर्न सबै विद्यालयलाई कालिन्चोक गाउँपालिकाको आग्रह
सुनखानी, दोलखा : कालिन्चोक गाउँपालिका ले संघीय सरकार तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको...
थप पढ्नुहोस्
कालिञ्चोक (सुनखानी), भदौ १० — कालिञ्चोक गाउँपालिकाले सम्पूर्ण नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन आह्वान गरेको छ। यस कार्यका लागि मोबाइल टिम गठन गरी विभिन्न वडामा तोकिएको मितिमा सेवा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ।
नागरिकता प्रमाणपत्र (सक्कल) साथमा लिएर तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित हुनुपर्नेछ। अहिलेसम्म राष्ट्रिय परिचयपत्र नबनाएका सबै नागरिकले अनिवार्य रूपमा यो अवसरको उपयोग गर्न पालिकाले आग्रह गरेको छ।
मोबाइल टिमको तालिका अनुसार भदौ ११ र १२ गते वडाहरू ७, ८ र ९ मा, भदौ १३ गते वडा नं. ६ मा, भदौ १४ गते वडा नं. ५ मा, भदौ १५ गते वडा न. ४ मा, भदौ १६ गते वडा नं.३ मा, भदौ १७ र १८ गते वडा नं. २ मा तथा भदौ १९ गते वडा नं. १ मा सेवा प्रदान गरिनेछ।
तोकिएको मितिमा आफ्नै वडा कार्यालयमा उपस्थित भई राष्ट्रिय परिचयपत्र बनाउन अनुरोध गर्दै गाउँपालिकाले सम्पूर्ण नागरिकलाई यो अवसर उपयोग गर्न आग्रह गरेको छ।
सुनखानी, दोलखा : कालिन्चोक गाउँपालिका ले संघीय सरकार तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको...
थप पढ्नुहोस्


