कांग्रेस दोलखा-काठमाडौं सम्पर्क समितिको बैठक सम्पन्न, संगठन विस्तारलाई जोड दिने र संंविधान दिवसको अवसरमा बृहत्त रक्तदान कार्यक्रम गर्ने निर्णय

काठमाडौँ, भाद्र १४ – नेपाली कांग्रेस दोलखा -काठमाडौं सम्पर्क समितिको महत्वपूर्ण बैठक शनिबार काँडाघारीमा सम्पन्न भएको छ। समितिका सभापति सरोज शिवाकोटीको अध्यक्षतामा बसेको उक्त बैठकले संगठनात्मक सुदृढीकरणसँगै सामाजिक उत्तरदायित्वका कार्यहरूलाई प्राथमिकता दिने निर्णय गरेको छ।

बैठकमा नेपाली कांग्रेस दोलखाका पार्टी सभापति वर्मा लामा, प्रदेशसभा क्षेत्र ‘क’ सभापति शुक्रराज तामाङ र विभागीय प्रमुख तथा जिल्ला कार्यसमिति सदस्य राजन अधिकारीको विशेष उपस्थिति रहेको थियो।

बैठकले हालसम्म पूर्णता नपाएका दोलखाका विभिन्न गाउँपालिका, नगरपालिका र वडा तहका समितिहरूलाई यथाशीघ्र पूर्णता दिन संगठनात्मक अभियान अघि बढाउने निर्णय गरेको छ। साथै, संविधान दिवस (आश्विन ३ गते) को अवसर पारेर बृहत रक्तदान कार्यक्रम तथा बडादशैं र दीपावलीको सन्दर्भमा शुभकामना आदान–प्रदान कार्यक्रम गर्ने निर्णय गरिएको छ।

सभापति सरोज शिवाकोटीले बैठकमा उपस्थित सबैलाई धन्यवाद दिँदै संविधान दिवसलाई उत्सवका रूपमा मनाउने र पार्टीको सन्देश आम नागरिकसम्म पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिने भएकाले कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्पर्क समितिले चाँडै नै आगामी कार्यक्रमको विस्तृत कार्यतालिका समेत सार्वजनिक गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस