नेपाल तरुण दल कालिन्चोक गाउँपालिका–४ को अधिवेशन सम्पन्न, ईश्वर मैनाली सर्वसम्मत सभापति चयन

दोलखा(कालिञ्चोक), भदौ १५ – नेपाल तरुण दल कालिन्चोक गाउँपालिका–४ को अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनमा प्रमुख अतिथि नेपाल तरुण दल दोलखाका सभापति चित्र तामाङ रहनु भएको कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेपाली कांग्रेसका जिल्ला सदस्य लोकराज पाठक तथा कालिन्चोक गाउँपालिका सभापति सञ्जिव पाण्डे सहभागी हुनुभएको थियो।

अधिवेशनले सर्वसम्मत रूपमा ईश्वर मैनालीलाई नेपाल तरुण दल कालिन्चोक–४ को सभापतिमा चयन गरेको छ। साथै, कृष्ण बा खड्का (डबल) उपसभापति, र दिपेश थामी सचिव पदमा चयन हुनुभएको छ। अन्य पदाधिकारीहरू पनि सर्वसम्मत रूपमा चयन गरिएको अधिवेशन आयोजक समितिले जनाएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चित्र तामाङले युवा नेतृत्वले लोकतन्त्रको संस्थागत विकासमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो। उहाँले नयाँ नेतृत्वलाई शुभकामना दिँदै संगठनलाई थप मजबुत बनाउने अपेक्षा व्यक्त गर्नुभयो।

स्थानीय तहदेखि केन्द्रसम्म युवाहरूको प्रतिनिधित्व आवश्यक रहेको बताउँदै विशिष्ट अतिथि लोकराज पाठकले नव–निर्वाचित पदाधिकारीहरूलाई इमान्दार, निष्ठावान र सक्रिय भएर काम गर्न आग्रह गर्नुभयो।

अधिवेशनमा स्थानीय युवा, कांग्रेसका नेता कार्यकर्ता तथा विभिन्न सामाजिक क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नयाँ कार्यसमितिलाई सम्पूर्ण तरुण दल परिवार, स्थानिय तह र शुभेच्छुकहरूले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस