संघीय सरकारको निर्णय कार्यान्वयन गर्न सबै विद्यालयलाई कालिन्चोक गाउँपालिकाको आग्रह
सुनखानी, दोलखा : कालिन्चोक गाउँपालिका ले संघीय सरकार तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको...
थप पढ्नुहोस्
दोलखा (सुनखानी), असोज ३ : कालिञ्चोक गाउँपालिकाले १० औं संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८२ भव्यताका साथ मनाएको छ। संविधान दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । प्रभातफेरीमा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, राजनीतिक दलका नेता तथा कार्यकर्ता, स्थानीयबासी, र जनप्रतिनिधि लगायतको बाक्लो सहभागिता रहेको थियो।

कार्यक्रममा कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटी र उपाध्यक्ष कुल बहादुर बुढाथोकीले सम्बोधन गर्दै संविधान दिवसको ऐतिहासिक महत्त्वबारे प्रकाश पार्नु भएको थियो। उहाँहरूले लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्नु आजको आवश्यकता भएको धारणा व्यक्त गर्नुभयो।

अध्यक्ष शिवाकोटीले भन्नुभयो, “नेपालको संविधान २०७२ जनताको ऐतिहासिक त्याग, बलिदान र संघर्षको उपज हो। आज हामीले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रीय प्रणालीलाई मजबुत बनाउँदै जानु संविधान दिवस मनाउनुको प्रमुख सार्थकता हो।

नेपालले २०६२ ६३ को जनआन्दोलनपछि राजतन्त्र अन्त्य गर्दै २०७२ सालमा संविधान जारी गरेको थियो। यसले संघीयता, समावेशिता, धर्मनिरपेक्षता, मानवअधिकार, सामाजिक न्याय र कानुनी शासनका आधारमा नयाँ युगको थालनी गर्यो। तर, संविधानको कार्यान्वयन र लोकतान्त्रिक अभ्यासमा अझै धेरै चुनौतीहरू रहेका छन्।

उपाध्यक्ष बुढाथोकीले वर्तमान अवस्थामा संविधानलाई पूर्ण रूपमा कार्यान्वयन गर्न, नागरिकका अधिकार सुनिश्चित गर्न र सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता ल्याउन स्थानीय तहको भूमिका निर्णायक रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “संविधानले दिएको अधिकार र जिम्मेवारीलाई आत्मसात गर्दै हामीले न्यायपूर्ण र समावेशी समाज निर्माणमा योगदान दिनुपर्छ।”

संविधान दिवसको अवसरमा स्थानीय विद्यालयहरूले राष्ट्रिय एकता, समावेशिता र शान्तिको सन्देश बोकेका प्लेकार्डसहित प्रभातफेरी गरेका थिए।

सो अवसरले संविधानको जग बलियो बनाउन जनस्तरमै सचेतना फैलाउने, लोकतान्त्रिक मूल्य र मान्यता प्रति प्रतिबद्धता जनाउने वातावरण तयार पाुर्नपर्नेमा जोड दिइएको छ ।



सुनखानी, दोलखा : कालिन्चोक गाउँपालिका ले संघीय सरकार तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको...
थप पढ्नुहोस्


