३ करोडभन्दा कम लागतका टुक्रे आयोजना रोक्का गर्ने सरकारको निर्णय

काठमाडौं: सरकारले ३ करोड रुपैयाँभन्दा कम लागतका टुक्रे आयोजना रोक्का गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोन निर्णय गरेको हो ।

त्यस्तै, ३ करोडभन्दा माथिका तर आयोजना बैंकमा प्रविष्ट नभएका वा एलएमबीआईएसमा प्रविष्ट गरेर आयोजना बैंकमा पछि राखिएका वा राजनीतिक दबाबमा राखिएका आयोजना रोक्का राख्ने निर्णय पनि गरिएको छ ।

अर्थमन्त्री रामेश्वर खनालले १ हजार ३ सय वटा टुक्रे आयोजना हटाउँदा १ खर्ब १० अर्ब रुपैयाँ बराबरको स्रोत जुट्ने बताउनुभयो । उहाँले सरकारको प्राथमिकता अब दीर्घकालीन प्रभाव पार्ने संरचना निर्माण र निर्वाचन तयारीतर्फ केन्द्रीत हुने स्पष्ट पार्नुभयो।

प्रतिक्रिया दिनुहोस

एमाले बागमती कमिटिद्वारा दोलखाका ५ उम्मेदवार सिफारिस, कालीन्चोकबाट दुई नेता अग्रपंक्तिमा

दोलखा – आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेकपा (एमाले) बागमती प्रदेश कमिटीले दोलखाका...

थप पढ्नुहोस्
हिलेपानी संस्कृत विद्यालयले जित्यो कालिञ्चोक स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी
कालिञ्चोक गाउँ सभाको १६औँ अधिवेशन सुरु
‘शिवाकोटी वंशावली दर्पण’ नामावली संकलन कार्यको औपचारिक उद्घाटन
राष्ट्रपति रनिङ शिल्डमा कालिनाग मावि सुनखानी र लापिलाङबीच कडा प्रतिस्पर्धा, हालसम्म कस्ले कति पदक जिते ?
जनगुनासो सम्बोधन गर्दै पछाडि परेका क्षेत्रकाे बिकासमा केन्द्रित छौँ : उपाध्यक्ष बुढाथोकी