एनकेएल फाइनलका लागि तयार जनकपुर र काठमाडौं

१७ माघ, विराटनगर । ताप्लेजुङको पाथीभरा मन्दिरनेर केबलकार बनाउने योजना तीन दशकअघि नै बनेको थियो, जसलाई मूर्तरुप दिने तयारी थालिनासाथ विवाद सुरु भएको छ । कोशी प्रदेश नामकरणसँग विरोध जनाइरहेको पहिचानवादी समूहले यसलाई अगुवाई गरिरहेको छ ।

पाथीभरा मन्दिरसम्म पुग्ने केबलकार निर्माणको विषयलाई लिएर गत शनिबार ‘नो केबलकार’ पक्षधर र प्रहरीबीच झडप हुँदा २६ जना घाइते भए । घाइते हुनेमा प्रहरी निरीक्षक, सशस्त्र तथा नेपाल प्रहरी दुवैतर्फका जवानहरु घाइते छन् । झडपका क्रममा गोली लागेका दुई जना प्रदर्शनकारीको काठमाडौंस्थित  त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

आन्दोलनकारीमाथि अति बल प्रयोग गरेको भनेर राज्यपक्षको चर्को आलोचना भइरहेको छ । तर, विरोधी पक्षले गुलेली मट्यांग्रालगायत घरेलु हतियार प्रयोग गरी आक्रमण गरेको सुरक्षाकर्मीको भनाइ छ ।

पाथीभरामा केबलकार निर्माण योजना सुरु भएदेखि नै विभिन्न समूहले ‘नो केबलकार’ आन्दोलन गरिरहेका छन्। केबलकार बनाउनुपर्छ र बनाउनु हुँदैन भन्ने पक्षमा समाज विभाजित छ । विपक्षमा उभिएको समूह पहिचानको मुद्दा उठाउँदै केबलकार सुरु गर्दा पूजाविधि मासिने दाबी गर्छ । निर्माणको माग गरिरहेको स्थानीयले भने तीर्थालु र भक्तजनमात्रै नभई आम पर्यटक र सर्वसाधारणको सहजताका लागि केबलकार बन्नुपर्ने जिकिर गर्छन् । उसले केबलकार बन्दा कुनै धर्म संस्कृति विशेषलाई नभई सबै धर्म र संस्कृतिका आस्थावानलाई फाइदा हुने प्रष्ट गरेको छ ।

माथिल्लो फेदीमा रहेको कान्छीथानबाट धागो बाँधेर पाथीभरा पुग्ने परम्परा छ । केबलकार निर्माण भए यो परम्परा मेटिने ‘नो केबलकार’ अभियान सञ्चालन गरिरहेको समूहको दाबी छ ।

प्रतिक्रिया दिनुहोस