संघीय सरकारको निर्णय कार्यान्वयन गर्न सबै विद्यालयलाई कालिन्चोक गाउँपालिकाको आग्रह
सुनखानी, दोलखा : कालिन्चोक गाउँपालिका ले संघीय सरकार तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको...
थप पढ्नुहोस्
काठमाडौं – नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले देशका प्रमुख सहरहरूमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने निर्णय गर्नु भएको छ । पदभार ग्रहण गरेलगत्तै सार्वजनिक पहुँचमा प्रविधिको उपयोग सुनिश्चित गर्ने दिशामा उहाँले यो कदम चाल्नु भएको हो ।
आज मन्त्रालयमा पदभार ग्रहण गरेपछि सञ्चारमन्त्री खरेलसमक्ष छापाखाना सम्बन्धी एउटा प्रस्ताव स्वीकृतिका लागि पेश गरिएको थियो। तर, उक्त प्रस्तावलाई तत्काल अस्वीकार गर्दै मन्त्री खरेलले “सार्वजनिक हितका कार्यलाई प्राथमिकता दिनुपर्छ” भन्दै नयाँ प्रस्ताव तयार पार्न निर्देशन दिनुभयो। त्यसपछि मन्त्रालयका अधिकारीहरूले निःशुल्क इन्टरनेट सुविधा सम्बन्धी प्रस्ताव तयार गरेपछि त्यसमा उहाँले हस्ताक्षर गर्नुभयो।
मन्त्री खरेलले सञ्चार प्रविधिको सहज पहुँचलाई विकासको आधारशिला मान्दै पहिलो चरणमा काठमाडौं उपत्यकाका प्रमुख सार्वजनिक स्थानहरूमा आगामी दुई महिनाभित्र निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गर्नुभयो। साथै, पाँच महिनाभित्र सातै प्रदेशका प्रमुख सहरहरूमा यो सेवा विस्तार गर्ने योजना समेत सार्वजनिक गर्नुभयो।
सुनखानी, दोलखा : कालिन्चोक गाउँपालिका ले संघीय सरकार तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको...
थप पढ्नुहोस्


