जेनजी आन्दोलनको क्रममा एक खर्ब ८० अर्बको क्षति

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशभर करिब एक खर्ब ८० अर्ब रुपियाँ बराबरको क्षति भएको देखिएको छ । यो आँकडा सार्वजनिक र निजी क्षेत्रको प्रारम्भिक अध्ययनको हो । आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट तथा आगजनीका कारण यस्तो क्षति देखिएको हो । आन्दोलनका क्रममा सबैभन्दा धेरै सार्वजनिक सम्पत्तिमा मात्रै एक खर्ब रुपियाँ बराबरको क्षति भएको सरकारले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री कुलमान घिसिङले सो कुरा जानकारी गराउनुभएको हो । जेनजी आन्दोलनका क्रममा काठमाडौँ उपत्यकालगायत देशभर सरकारी कार्यालय तथा सवारीसाधनमा क्षति पुगेको थियो । काठमाडौँमा सिंहदरबारपरिसरभित्रका विभिन्न मन्त्रालय तथा सवारीसाधन, सर्वोच्च अदालत सङ्घीय संसद् भवनदेखि देशभरका विभिन्न प्रदेश कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय तथा स्थानीय निकायका विभिन्न कार्यालयमा व्यापक तोडफोड, लुटपाट तथा आगजनी भएको थियो ।

क्षतिको मूल्याङ्कनका लागि विभिन्न प्राविधिक संस्थाले स्वेच्छिक रूपमा सहयोग पनि गरिरहेको उहाँले जानकारी दिनुभयो । यकिन विवरण प्राप्त हुन भने केही समय लाग्ने उहाँको भनाइ छ ।

प्राप्त विवरण अनुसार गण्डकी प्रदेशका स्वास्थ्य, कृषि र भौतिक पूर्वाधार मन्त्रालयबाहेकका सबै प्रादेशिक कार्यालय ध्वस्त भएका छन् । बागमती प्रदेशका २६ कार्यालय तथा ६० वटा भवन जलेर नष्ट भएको जनाइएको छ । कर्णाली प्रदेशका प्रदेश सभा भवन, मुख्य मन्त्रीको कार्यालय, प्रदेश लेखा नियन्त्रण कार्यालयलगायतका संरचना ध्वस्त छन् ।

रकारी स्वामित्वका सवारीसाधनतर्फ मात्रै देशभरमा एक हजार २६, चारपाङ्ग्रे सवारीसाधन नष्ट भएको छ । लोडर ब्याकहोलदेखि साना सवारीसाधन यसमा समेटिएका हुन् । त्यस्तै दुईपाङ्ग्रेतर्फ एक हजार ९८३ वटा सवारीसाधन जलेको प्रारम्भिक आँकडा छ । सरकारले यससम्बन्धी विवरण भने सार्वजनिक गरिसकेको छैन ।

निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाले पनि निजी क्षेत्रतर्पmको क्षतिको विवरण करिब ८० अर्ब रुपियाँ भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार महासङ्घले जिल्ला जिल्लाका संयन्त्रमार्फत यससम्बन्धि विवरण सङ्कलन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

एमाले बागमती कमिटिद्वारा दोलखाका ५ उम्मेदवार सिफारिस, कालीन्चोकबाट दुई नेता अग्रपंक्तिमा

दोलखा – आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेकपा (एमाले) बागमती प्रदेश कमिटीले दोलखाका...

थप पढ्नुहोस्
हिलेपानी संस्कृत विद्यालयले जित्यो कालिञ्चोक स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी
कालिञ्चोक गाउँ सभाको १६औँ अधिवेशन सुरु
‘शिवाकोटी वंशावली दर्पण’ नामावली संकलन कार्यको औपचारिक उद्घाटन
राष्ट्रपति रनिङ शिल्डमा कालिनाग मावि सुनखानी र लापिलाङबीच कडा प्रतिस्पर्धा, हालसम्म कस्ले कति पदक जिते ?
जनगुनासो सम्बोधन गर्दै पछाडि परेका क्षेत्रकाे बिकासमा केन्द्रित छौँ : उपाध्यक्ष बुढाथोकी