पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्दै कालिञ्चोक गाउँपालिका, कुन वडामा कहिले ?

दोलखा (कालिञ्चोक) – कालिञ्चोक गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरणको कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिका अन्तर्गतका वडा नंं १ देखि ६ वडासम्मका लाभग्राहीहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ।

गाउँपालिकाको कार्यलयद्वारा जारी सूचना अनुसार नेपाल सरकारद्वारा प्रदान गरिने सामाजिक सुरक्षा भत्ता नेपाल बैंक लिमिटेड सिंगटी शाखा कार्यालयको सहकार्यमा वितरण गरिनेछ । वितरण कार्यक्रम असोज २७ गतेदेखि कात्तिक १ गतेसम्म सञ्चालन हुनेछ।

वडा नं. १ अन्तर्गत क्म्पोलस्थित साना किसान कृषि सहकारी र वडा कार्यालय भवनमा, वडा नं २ मा बाबरे सेवा केन्द्र र वडा कार्यालयमा, वडा नं ३ पोखरेको वडा कार्यालयमा, वडा नं. ४ हिलेपानी, वडा नं.५ लापिलाङ, तथा वडा नं. ६ लेप्टुङस्थित जनज्योति मावि र गोदुङको वडा कार्यालयमा वितरण कार्यक्रम तय गरिएको छ। सबै वडामा बिहान ९ बजेदेखि सुरु भई दिउँसो ३ बजेसम्म भत्ता वितरण गरिनेछ।

कालिञ्चोक गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र कुमार चौधरीद्वारा हस्ताक्षरित सूचनामा लाभग्राहीहरूले तोकिएको मिति, स्थान र समयमा अनिवार्य रूपमा उपस्थित भई भत्ता लिन अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस