सुनखानीको कालिनाग माध्यमिक विद्यालयले बस सेवा शुभारम्भ गर्दै


सुनखानी — कालिनाग माध्यमिक विद्यालयले आफ्नो शैक्षिक सेवा सुदृढीकरणका लागि विद्यालय बस सेवा सञ्चालन गर्ने भएको छ। बस उद्घाटनका लागि विशेष कार्यक्रम यही मंसिर २६ गते बिहान १० बजे विद्यालय परिसरमा आयोजना गरिने विद्यालयले जनाएको छ।

कार्यक्रममा बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री तथा प्रदेश सभा सदस्य कुन्दनराज काफ्ले रहने जनाइएको छ ।

उद्घाटन समारोहमा जनप्रतिनिधि, विद्यालयका पूर्व पदाधिकारी, शिक्षक–अभिभावक, समाजसेवी, विभिन्न संघ–संस्था, अभिभावक तथा स्थानीयवासीहरूको सहभागिता रहने विद्यालयले जनाएको छ।

कार्यक्रममा बाल सांस्कृतिक प्रस्तुति, थामी समुदायको विशेष प्रस्तुति, फ्यान्सी डान्स र लोक–दोहोरी सहित आकर्षक प्रस्तुतिहरू समावेश गरिएका छन्।

विद्यालयका प्रधानाध्यापक ऋषि राम शर्माका अनुसार नयाँ बस सेवा सञ्चालनले विद्यार्थीहरूको सिकाइ यात्रा थप सहज र सुरक्षित हुने विश्वास लिइएको छ।


प्रतिक्रिया दिनुहोस

कर्मचारीका लागि विद्युतीय हाजिरी अनिवार्य, १५–१५ दिनमा विवरण प्रिन्ट गर्नुपर्ने

काठमाडौं । सरकारले देशभरका सरकारी कर्मचारीका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा लागू गर्ने निर्णय...

थप पढ्नुहोस्
मालपोत–नापी सेवा अब स्थानीय तहबाटै, ७ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान
कालिञ्चोकमा वैशाख ९ देखि सामाजिक सुरक्षा भत्ता वितरण हुने
संघीय सरकारको निर्णय कार्यान्वयन गर्न सबै विद्यालयलाई कालिन्चोक गाउँपालिकाको आग्रह
निर्वाचन आयोगबाट प्रमाणपत्र पाएपछि स्मृति सेन्चुरी: काँधमा ठूलो जिम्मेवारी आएको छ
कालिन्चोकको ‘ह्याट्रिक’ : एउटै पालिकाबाट तीन सांसद