कालिञ्चोकमा वैशाख ९ देखि सामाजिक सुरक्षा भत्ता वितरण हुने
सुनखानी, दोलखा : कालिञ्चोक गाउँपालिका मा तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण हुने भएको छ।...
थप पढ्नुहोस्
कालीन्चोक गाउँपालिका–४, दोलखा । बाघखोर युवा क्लबले आफ्नो प्रथम वार्षिक उत्सव तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ।
समाज विकास, युवा सशक्तीकरण र सामुदायिक सेवामा सक्रिय बाघखोर युवा क्लबले स्थापना दिवसको अवसरमा विगतका गतिविधिहरूको समीक्षा गर्दै आगामी वर्षका योजनाहरू सार्वजनिक गरेको हो।

कार्यक्रम बाघखोर युवा क्लबका अध्यक्ष सन्तोष थापाको अध्यक्षता मा सम्पन्न भएको थियो। कार्यक्रमका मुख्य अतिथि मा कालीन्चोक गाउँपालिका–४ का वडा अध्यक्ष दीपक खुलाल रहनुभएको थियो।
साे अवसरमन वडा अध्यक्ष खुलालले बाघखोर युवा क्लबले गरेको योगदानप्रति प्रशंसा गर्नु भयो ।
“युवाहरूले समाज विकासका लागि देखाएको सक्रियता प्रशंसनीय छ। बाघखोर युवा क्लबले गरेका कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पारेको छ। वडा कार्यालयबाट पनि यस्ता उत्कृष्ट गतिविधिहरूमा आवश्यक सहयोग र समन्वय गर्दै जानेछौ”, उहाँले भन्नुभयो ।
त्यसैगरी विशिष्ट अतिथिमा लामीडाडाका पूर्व अध्यक्ष हिमाल विक्रम लामिछाने, समाजसेवी शंकर घिमिरे, संस्थाका कोषाध्यक्ष कुमार थापा लगायत अगुवाहरू तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वक्ताहरूले बाघखोर युवा क्लबले समुदायमा गरिरहेको सामाजिक सेवा, युवा परिचालन, खेलकुद विकास, आपतकालीन सहयोग तथा चेतनामूलक गतिविधिहरूको प्रशंसा गर्दै क्लबलाई भविष्यमै अझ प्रभावकारी योगदानका लागि शुभकामना व्यक्त गरे।
क्लबका अध्यक्ष सन्तोष थापाले स्थानीयको सहयोग, विश्वास र सहभागिताले क्लब निरन्तर अघि बढिरहेको उल्लेख गर्दै आगामी वर्षमा रक्तदान, वातावरण संरक्षण, सीपमूलक तालिम, विद्यार्थी सहायता, खेलकुद तथा सामाजिक अभियानलाई प्राथमिकतामा राखिने जानकारी दिनुभयो ।
सुनखानी, दोलखा : कालिञ्चोक गाउँपालिका मा तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण हुने भएको छ।...
थप पढ्नुहोस्


