एमाले बागमती कमिटिद्वारा दोलखाका ५ उम्मेदवार सिफारिस, कालीन्चोकबाट दुई नेता अग्रपंक्तिमा
दोलखा – आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेकपा (एमाले) बागमती प्रदेश कमिटीले दोलखाका...
थप पढ्नुहोस्
कालिन्चोक समाचारदाता : कालिन्चोक गाउँपालिका–६ स्थित जनज्योति माध्यमिक विद्यालयको ५७ औँ वार्षिकोत्सव तथा अभिभावक भेला शुक्रबार भव्य रुपमा सम्पन्न भयो। कार्यक्रमकाे अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष शम्भु थामीले गर्नु भयो।

सो समारोहकाे प्रमुख अतिथिका रूपमा बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्ले उपस्थित हुनु भयो।

त्यस्तै विशेष अतिथिका रूपमा कालिन्चोक गाउँपालिकाका उप–प्रमुख कुलबहादुर बुढाथोकी र सामाजिक समिति संयोजक राम पाण्डेको सहभागीता थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अर्जुन थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साथै, शैक्षिक सत्रभरि विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।

एसईई २०८१ मा उत्तीर्ण भएका विद्यार्थीमध्ये उत्कृष्ट १६ जनालाई वडा अध्यक्ष भरत पाण्डेले नगदसहित सम्मान तथा बिदाइ गर्नुभयो। विद्यालयमा उल्लेख्य योगदान पुर्याउने शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो।

विद्यालयकाे समृद्धि र गुणस्तरयुक्त शिक्षाका लागि नगद तथा जिन्सी सहयोग प्रदान गर्ने सबै सहयोगी मनहरूलाई कार्यक्रम मार्फत कदर गरिएको विद्यालयले जनाएको छ।

विद्यालय परिवारले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद तथा आभार प्रकट गरेको छ।






दोलखा – आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेकपा (एमाले) बागमती प्रदेश कमिटीले दोलखाका...
थप पढ्नुहोस्

