कालिञ्चोकमा वैशाख ९ देखि सामाजिक सुरक्षा भत्ता वितरण हुने
सुनखानी, दोलखा : कालिञ्चोक गाउँपालिका मा तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण हुने भएको छ।...
थप पढ्नुहोस्
दोलखा । नेपाली कांग्रेस दोलखाले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा तथा समानुपातिकतर्फ उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।
जिल्ला सभापति बर्मा लामाले जानकारी दिनुभयो कि प्रतिनिधिसभा सदस्यका लागि ५ जनाको नाम सर्वसम्मत रूपमा केन्द्रमा पठाइएको छ। उहाँका अनुसार पहिलो नम्बरमा पूर्व जिल्ला सभापति ताराबहादुर कोइराला, दोस्रोमा बागमती प्रदेश सभा सदस्य कुन्दनराज काफ्ले र तेस्रोमा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीको नाम सिफारिस गरिएको छ।
त्यसैगरी, चौथो नम्बरमा प्रदेश समिति सदस्य प्रभुराम श्रेष्ठ र पाँचौँ नम्बरमा पूर्व महासमिति सदस्य विनीता अधिकारीको नाम सिफारिस गरिएको उहाँले भन्नुभयो।
राष्ट्रियसभा सदस्यतर्फ जिल्ला सभापति बर्मा लामा र पूर्व जिल्ला सभापति रुद्रबहादुर खड्काको नाम सिफारिस गरिएको लामाले बताउनुभयो।
समानुपातिकतर्फ भने उद्धवराज काफ्ले, बर्मा लामा, बालकृष्ण थापा, रोचना उप्रेती, पासदिकी तामाङ, छिरिङडोल्मा शेर्पा, प्रतिभा उप्रेती र सुमिका तामाङको नाम सिफारिस गरिएको उहाँले जानकारी दिनुभयो।
सुनखानी, दोलखा : कालिञ्चोक गाउँपालिका मा तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण हुने भएको छ।...
थप पढ्नुहोस्


