एमाले बागमती कमिटिद्वारा दोलखाका ५ उम्मेदवार सिफारिस, कालीन्चोकबाट दुई नेता अग्रपंक्तिमा
दोलखा – आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेकपा (एमाले) बागमती प्रदेश कमिटीले दोलखाका...
थप पढ्नुहोस्
कालिञ्चोक गाउँपालिकाको आयोजना तथा लापिलाङ माध्यामिक विद्यालयको व्यवस्थापनमा गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा सुरु भएको छ।

प्रतियोगिताको औपचारिक शुभारम्भ बागमती प्रदेशका पूर्व मन्त्री तथा सांसद कुन्दन काफ्लेले गर्नुभएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै काफ्लेले विद्यार्थीहरूलाई खेलकुदमार्फत अनुशासन, आत्मविश्वास र नेतृत्व विकास हुने उल्लेख गर्दै यस्ता प्रतियोगिताले राष्ट्रको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले खेलकुदले शारीरिक तथा मानसिक विकासमा टेवा पुग्ने भन्दै गाउँपालिकाले विद्यार्थी लक्षित खेलकुद गतिविधिलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो। यस्तै उपप्रमुख कुल बहादुर बुढाथोकीले राष्ट्रपति रनिङ शिल्डले ग्रामीण क्षेत्रका प्रतिभा उजागर गर्न महत्वपूर्ण अवसर प्रदान गरेको धारणा राख्नुभयो।

सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ७ का वडाध्यक्ष राम पाण्डेले खेलकुद अनुशासन र प्रतिस्पर्धाको भावना विकास गर्ने माध्यम भएकाले विद्यार्थीहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गर्नुभयो।

कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो। उद्घाटन समारोहको अवसरमा विभिन्न विद्यालयबाट सहभागी विद्यार्थीहरूले मार्चपास प्रस्तुत गरेका थिए भने विद्यार्थीहरूले आकर्षक सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरी कार्यक्रमलाई थप भव्य बनाएका थिए।

गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै आपसी सद्भाव र प्रतिस्पर्धात्मक भावना विकास गर्ने अपेक्षा गरिएको छ।








दोलखा – आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेकपा (एमाले) बागमती प्रदेश कमिटीले दोलखाका...
थप पढ्नुहोस्

