सीमित स्रोत–साधनका बाबजुद कालिञ्चोक गाउँपालिका विकासको यात्रामा अघि बढ्दैछ : अध्यक्ष शिवाकोटी

सुनखानी,दोलखा – कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले गाउँपालिकाले उपलब्ध स्रोत र साधनको सही सदुपयोग गर्दै आएको स्पष्ट पार्नुभएको छ।

गाउँपालिका स्तरीय सातौँ रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा अध्यक्ष शिवाकोटीले विकास निर्माणका कार्यमा कुनै पनि प्रकारको दुरुपयोग हुन नदिएको उल्लेख गर्दै सीमित स्रोतका बाबजुद पनि गाउँपालिकाले निरन्तर प्रगति गरिरहेको बताउनुभयो।

“हामीले प्राप्त स्रोत–साधनलाई पारदर्शी र जिम्मेवार ढंगले प्रयोग गरेका छौँ। दुरुपयोगलाई पूर्णरूपमा निरुत्साहित गर्दै विकास निर्माणमा सक्दो प्रयास गरिरहेका छौँ,” उहाँले भन्नुभयो।

उहाँका अनुसार भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खेलकुद तथा सामाजिक विकासका क्षेत्रमा सन्तुलित र दीगो विकासलाई प्राथमिकता दिइएको छ। सीमित बजेट र स्रोत हुँदाहुँदै पनि जनताको आवश्यकता र अपेक्षालाई ध्यानमा राख्दै योजनाहरू अगाडि बढाइएको उहाँको भनाइ थियो।

अध्यक्ष शिवाकोटीले खेलकुद प्रतियोगिताले युवामा अनुशासन, प्रतिस्पर्धा र एकताको भावना विकास गर्ने उल्लेख गर्दै यस्ता कार्यक्रमले समग्र सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

कर्मचारीका लागि विद्युतीय हाजिरी अनिवार्य, १५–१५ दिनमा विवरण प्रिन्ट गर्नुपर्ने

काठमाडौं । सरकारले देशभरका सरकारी कर्मचारीका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा लागू गर्ने निर्णय...

थप पढ्नुहोस्
मालपोत–नापी सेवा अब स्थानीय तहबाटै, ७ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान
कालिञ्चोकमा वैशाख ९ देखि सामाजिक सुरक्षा भत्ता वितरण हुने
संघीय सरकारको निर्णय कार्यान्वयन गर्न सबै विद्यालयलाई कालिन्चोक गाउँपालिकाको आग्रह
निर्वाचन आयोगबाट प्रमाणपत्र पाएपछि स्मृति सेन्चुरी: काँधमा ठूलो जिम्मेवारी आएको छ
कालिन्चोकको ‘ह्याट्रिक’ : एउटै पालिकाबाट तीन सांसद