एमाले बागमती कमिटिद्वारा दोलखाका ५ उम्मेदवार सिफारिस, कालीन्चोकबाट दुई नेता अग्रपंक्तिमा
दोलखा – आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेकपा (एमाले) बागमती प्रदेश कमिटीले दोलखाका...
थप पढ्नुहोस्
सुनखानी, दोलखा – दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका–८, सुनखानीमा अवस्थित कालिनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कुशल व्यवस्थापक शिवहरि शिवाकोटी दोलखा जिल्लाभरिका सहकारी व्यवस्थापकहरूमध्येबाट उत्कृष्ट व्यवस्थापकका रूपमा छनोट हुनुभएको छ।
दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको वार्षिक साधारण सभाको अवसरमा शिवाकोटीलाई उत्कृष्ट व्यवस्थापकको रूपमा औपचारिक सम्मान प्रदान गरिएको हो।
सहकारी क्षेत्रप्रति समर्पित व्यवस्थापकीय नेतृत्व, निरन्तर मेहनत, लगनशीलता, अध्ययनशील स्वभाव र कर्तव्यनिष्ठ कार्यशैलीका कारण कालिनाग बचत तथा ऋण सहकारी संस्था आज जिल्लाकै उत्कृष्ट र विश्वासिलो सहकारीका रूपमा स्थापित भएको छ। वित्तीय अनुशासन, पारदर्शी सेवा प्रवाह र सदस्य–केन्द्रित कार्यक्रममार्फत सहकारीलाई मजबुत बनाउने कार्यमा शिवाकोटीको भूमिका उल्लेखनीय रहेको संघले जनाएको छ।
स्थानीय स्तरमा रोजगारी सिर्जना, बचत प्रवर्द्धन, उद्यमशीलता विकास तथा आर्थिक सशक्तीकरणमा सहकारीले खेलेको भूमिकालाई अझ प्रभावकारी बनाउँदै लैजानु शिवाकोटीको व्यवस्थापकीय विशेषता मानिन्छ।
साधारण सभामा सहभागी सहकारीकर्मीहरूले शिवाकोटीको सम्मानले सहकारी क्षेत्रमा इमानदार नेतृत्व र पेशागत क्षमताको कदर भएको बताउँदै यसले अन्य व्यवस्थापकहरूलाई अन्य व्यवस्थापकहरूलाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।
दोलखा – आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेकपा (एमाले) बागमती प्रदेश कमिटीले दोलखाका...
थप पढ्नुहोस्

