विद्यार्थीमा अनुशासन, स्वस्थ र प्रतिस्पर्धात्मक भावना विकास गर्न खेल अपरिहार्य : वडाध्यक्ष पाण्डे

सुनखानी, दोलखा – कालिञ्चोक गाउँपालिकाका सामाजिक विकास समिति संयोजक तथा वडा नं. ७ का वडाध्यक्ष राम पाण्डेले विद्यार्थीहरूमा खेलकुदमार्फत अनुशासन, स्वस्थ जीवनशैली र सकारात्मक प्रतिस्पर्धाको भावना विकास गर्न खेलकुद अपरिहार्य रहेको बताउनुभएको छ ।

गाउँपालिका स्तरीय सातौँ रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा वडाध्यक्ष पाण्डेले खेलकुद मनोरञ्जनको माध्यम मात्र नभई विद्यार्थीको सर्वाङ्गीण विकासका लागि महत्वपूर्ण साधन भएको उल्लेख गर्नुभयो।

उहाँले खेलकुदले अनुशासन, सहकार्य, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना विकास गर्ने भएकाले विद्यार्थीहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गर्नुभयो।

स्थानीय तहको पहलमा हरेक वर्ष आयोजना हुँदै आएको रनिङ शिल्ड प्रतियोगिताले गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूबीच आपसी सद्भाव, खेलकुद संस्कृतिको प्रवर्द्धन र प्रतिभाशाली खेलाडीको पहिचानमा सहयोग पुर्‍याउँदै आएको छ।

यस प्रतियोगितामार्फत विद्यालयस्तरबाटै खेलकुदमा रुचि बढाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म खेलाडी उत्पादन गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ।

विभिन्न खेल विधामा सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभरिका विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको छ। कार्यक्रमले विद्यार्थीहरूलाई पढाइसँगै खेलकुदमा पनि अग्रसर गराउँदै स्वस्थ, अनुशासित र जिम्मेवार नागरिक निर्माणमा टेवा पुर्‍याउने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस

एमाले बागमती कमिटिद्वारा दोलखाका ५ उम्मेदवार सिफारिस, कालीन्चोकबाट दुई नेता अग्रपंक्तिमा

दोलखा – आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेकपा (एमाले) बागमती प्रदेश कमिटीले दोलखाका...

थप पढ्नुहोस्
हिलेपानी संस्कृत विद्यालयले जित्यो कालिञ्चोक स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी
कालिञ्चोक गाउँ सभाको १६औँ अधिवेशन सुरु
‘शिवाकोटी वंशावली दर्पण’ नामावली संकलन कार्यको औपचारिक उद्घाटन
राष्ट्रपति रनिङ शिल्डमा कालिनाग मावि सुनखानी र लापिलाङबीच कडा प्रतिस्पर्धा, हालसम्म कस्ले कति पदक जिते ?
जनगुनासो सम्बोधन गर्दै पछाडि परेका क्षेत्रकाे बिकासमा केन्द्रित छौँ : उपाध्यक्ष बुढाथोकी