निर्वाचन आयोगबाट प्रमाणपत्र पाएपछि स्मृति सेन्चुरी: काँधमा ठूलो जिम्मेवारी आएको छ
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद निर्वाचित स्मृति सेन्चुरी ले निर्वाचन आयोगबाट प्रमाणपत्र...
थप पढ्नुहोस्
सुनखानी,१ फागुन : कालिनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरूका लागि सदस्य पहिचान (KYM) अद्यावधिक गर्ने प्रक्रिया सुरु गरेको छ।
सहकारी ऐन–२०७५ (पहिलो संशोधन, २०८२) अनुसार एक व्यक्तिले एउटै प्रकृतिको एकभन्दा बढी सहकारी संस्थामा सदस्यता लिन नपाउने कानुनी व्यवस्था कार्यान्वयनमा आएसँगै संस्थाले यो प्रक्रिया अघि बढाएको हो।
संस्थाका व्यवस्थापक शिवहरी शिवाकोटीका अनुसार हाल दोहोरो सदस्यता लिएका तथा लामो समयदेखि निष्क्रिय रहेका खाताहरू व्यवस्थापन गरी सहकारीलाई अझ व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्य लिइएको छ।
यसले वित्तीय अनुशासन कायम गर्नुका साथै बचत तथा ऋण कारोबारलाई थप सुरक्षित र प्रभावकारी बनाउने अपेक्षा गरिएको उहाँले बताउनुभयो।
KYM अद्यावधिक प्रक्रियासँगै संस्थाले ऋण प्रवाह, बचत संकलन, जोखिम मूल्यांकन तथा सेवा प्रवाह प्रणालीलाई थप सुदृढ बनाउने जनाएको छ।
समयमै आवश्यक प्रक्रिया पूरा गर्ने सदस्यहरूलाई आगामी दिनमा ऋण सुविधा, नवीकरण तथा अन्य सेवा प्रवाह अझ सहज हुने व्यवस्थापक शिवाकोटीको भनाइ छ।
संस्थाले सम्बन्धित सबै शेयर सदस्यहरूलाई तोकिएको समयभित्र सहकारी कार्यालयमा सम्पर्क गरी आवश्यक कागजातसहित सदस्य पहिचान फाराम (KYM) अद्यावधिक गर्न आग्रह गरेको छ।

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद निर्वाचित स्मृति सेन्चुरी ले निर्वाचन आयोगबाट प्रमाणपत्र...
थप पढ्नुहोस्

