निर्वाचन आयोगबाट प्रमाणपत्र पाएपछि स्मृति सेन्चुरी: काँधमा ठूलो जिम्मेवारी आएको छ
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद निर्वाचित स्मृति सेन्चुरी ले निर्वाचन आयोगबाट प्रमाणपत्र...
थप पढ्नुहोस्
दोलखा, २ फागुन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दोलखा प्रतिनिधि सभा उम्मेदवार जगदीश खरेलले दोलखावासी मतदातासँग पार्टीभन्दा माथि उठेर मनैदेखि निर्णय गर्न आग्रह गर्नुभएको छ।
घरदैलो तथा विभिन्न भेटघाट कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “यो पटक पार्टी परिवर्तन गर्नुपर्दैन, तर सोच र मत परिवर्तन गर्न जरुरी छ। देश र दोलखाको भविष्यका लागि मनैदेखि सही निर्णय गरौँ।”
उहाँले विगतका वर्षहरूमा दोलखाले अपेक्षा गरेअनुसार विकास र सुशासनको अनुभूति गर्न नसकेको उल्लेख गर्दै अब नयाँ सोच, नयाँ नेतृत्व र जवाफदेही राजनीति आवश्यक रहेको बताउनुभयो। “हामी पुराना शैलीको राजनीति दोहोर्याउन होइन, परिणाममुखी काम गर्न आएका हौं,” उहाँको भनाइ थियो।
खरेलले युवाहरूको रोजगारी, पारदर्शिता, स्थानीय पूर्वाधार विकास र सेवाप्रवाहमा सुधारलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। “मतदाताले पार्टीको झण्डा मात्र होइन, आफ्नो भविष्य हेरेर निर्णय गर्नुपर्छ,” उहाँले बताउनुभयो।
दोलखामा चुनावी माहोल तातिँदै जाँदा खरेलको ‘मन परिवर्तन’ सम्बन्धी सन्देशले मतदातामाझ नयाँ बहस सुरु गराएको छ। उहाँले दोलखालाई सुशासन, पारदर्शिता र दिगो विकासको नमुना जिल्ला बनाउने लक्ष्यसहित आफ्नो उम्मेदवारी रहेको स्पष्ट पार्नुभएको छ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद निर्वाचित स्मृति सेन्चुरी ले निर्वाचन आयोगबाट प्रमाणपत्र...
थप पढ्नुहोस्

